
आइतवार , बैशाख १२, २०७८
बुटवल ।
बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछी भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगन्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।
नेपालगन्जकी उप-प्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य भोलीदेखि नै सुरु भइ एक हप्ता भित्र सम्पन्न भइसक्ने बताएकी छिन्। उक्त ५० शैयाको अक्सिजनसहित आइसोलेसन नेपालगन्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप-प्रमुख थापा मगरले बताइन्।
आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने भएको छ । उपमहानगरपालिका आफ्नै लगानीमा उक्त अक्सिजनसहित आइसोलेसन बनाउन लागेको हो। यसका साथै नेपालगन्जको कोरोनाको अवस्था बारे प्रदेश र संघीय सरकारसग थप मदतका लागि ध्यानाकर्षण गराइने उप-प्रमुख थापा मगरले जानकारी दिएकी छिन् ।
उपमहानगरपालिकाले नेपालगन्ज भित्रका होम आइसोलेसनमा कोरोना संक्रमितकोहरुको डाटा तयार गरि अनुगमन समेत गर्ने भएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij