२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

काेटिहवामा टिप्परले ३ सवारी साधनलाई ठक्कर दिँदा: २ जनाको मृत्यु, ७ घाइते

आइतवार , बैशाख १२, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल ।

    रुपन्देहीमा एक टिप्परले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले तिलोत्तमा–१५ कोटिहवामा बुटवल तर्फ नै आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।

    दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा-१५ कि बर्ष १० की सरस्वती हरीजन र बर्ष ८ की जमुना हरिजनको ज्यान गएको प्रहरीले बताएको छ । यस्तै सोही बसमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले बताएका छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लु २ च ७०१२ नम्बरको बोलेरो विवाहको रहेको प्रहरीले जनाएको छ ।