
शनिवार , श्रावण ३१, २०७७
भैरहवा, ३१ साउन ।
भैरहवामा नयाँ लायन्स क्लबको स्थापना भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगरको स्पोन्सरमा लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको स्थापना भएको हो । शिवनाथ गुप्ता संस्थापक अध्यक्ष रहेको क्लबको ब्यानर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले लायन्स क्लबले सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको बताए । उनले लायन्स क्लबले गर्ने रचनात्मक कार्यहरुमा आफ्नो साथ र सहयोग रहने बताए ।
क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले सबैको सहयोगले लायन्सको पाँचवटा विधा र समाजको आवश्यकता अनुसार कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले क्लबले बोल्ने मात्र नभइ काम गरेर देखाउने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्स क्लबको उद्देश्य सेवा गर्ने भएको बताए । उनले लायन्समार्फत समाजसेवा र नेतृत्व गर्ने क्षमताको विकास गर्न सकिने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटजिक चिफ एमजेएफ महेशचन्द्र थापाले लायन्सको सदस्य बन्न पाउँदा गर्वको अनुभुति भएको बताए ।
जोनचेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय पाण्डेले लायन्स क्लबको बारेमा बोलेका थिए ।
क्लबका संस्थापक प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीले क्लबमा ५३ जना सदस्य रहेको बताए ।
क्लब व्यानर उद्घाटन कार्यक्रम संयोजक कमल रायमाझीले लायन्स क्लबले समाजको पक्षमा काम गर्दै आएको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष धर्मराज आचार्यको स्वागत, लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताको ध्वजा अभिवादन तथा डिष्ट्रिक इभ्यालुयसन कमिटी हेड विनोद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्यान्सरपीडितलाई सहयोग
यसैबीच लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । क्लबले गुल्मीको मुसिकोट गाउँपालिका स्थायी ठेगाना भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–४ बस्ने मनोज गिरीको उपचारको लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । कार्यक्रममा मनोजका भिनाजु अमृत गिरीलाई उक्त रकमको चेक प्रदान गरिएको थियो ।
२१ वर्षिय मनोजको रगतमा समस्या भइ भारतको दिल्लीस्थित राजीज गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको र उनको आर्थिक अवस्था निकै कमजोर रहेको क्लबका संस्थापक द्वितीय उपाध्यक्ष नरेश के.सी.ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij