२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

कोटिहवामा टिप्परले जन्ती बसलाई ठक्कर दियो, २ जनाको मृत्यु, ७ घाइते

आइतवार , बैशाख १२, २०७८

  • 13.3K
    Shares
  • 13.3K
    Shares
  • भैरहवा।

    रुपन्देहीमा एक टिप्परले जन्ती बोकेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवाबाट मणिग्राम पश्चिम सुन्दरबस्ती गोरकट्टा जादै गरेका तीनबटा सवारी साधनलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।IMG_20210425_165212 (1).jpg

    टिप्परको ठक्करबाट जन्ती जान लागेका कोटिहवाका ८ बर्षिय जमुना हरिजन र गंगा हरिजन रहेका छन्। उनीहरु जुम्ल्याहा दिदि बहिनी रहेको मृतकका बुबा आशिस हरिजनले जानकारी दिए। टिप्परले ओभर ट्याक गरेर बसमा चढिसकेका उनीहरुलाई ठक्कर दिएको र भुईमा झरेपछि लतारेर मारेको आफुन्तले जनाएका छन्।IMG_20210425_171325.jpg

    जमुनाको घटना स्थलमै मृत्यु भएको हो भने गंगाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले तिलोत्तमा–१५ कोटिहवाबाट मणिग्राम तर्फ जन्ती लिएर जादै गरेका लु १ ख ५७८६, लु १ ख ९६८५ नम्बरको बस र लु २ च ७०१२ नम्बरको बोलेरोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपि सत्यनारायण थापाले जानकारी दिए।

    दुर्घटनामा परी तिलोत्तमा १५ कि मृतककी आमा सुहावती हरिजन, सरस्वती हरिजन लगाएत ७ जना घाईते भएका छन्। घाईतहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

    घाईते मध्ये दुई जनाको अबस्था गंभिर रहेको आफन्तले जनाएका छन्। दुर्घटना पछि कोटिहवामा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा मृत्यु भएकी जमुनाको शव सडक छेउमा राखिएको छ।IMG_20210425_165232.jpg