२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

टी–१० क्रिकेट : गोर्खा वारियर्स सेमिफाइनलमा

सोमवार , बैशाख १३, २०७८

भैरहवा, १३ वैशाख ।
गोर्खा वारियर्स भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खाले सोमबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो । उसका लागि दिपेश कंडेलले ३७ र दिपेश दासले २० रन बनए । बलिङमा गोर्खाका कृष्ण गिरीले २, सुभाष विक, करण विक र शेषदत्त थारुले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोर्खाले ९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा महेश रानाले २८, सुभाष विक र अमित तामाङले नटआउट क्रमश: २६ र १५ रन जोडे । बलिङमा आरआरका अविनाश बस्यालले २ तथा दिवान पुनले १ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

सोमबार तिलोत्तमा क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ बीच प्रतिष्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैग री बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १५ गतेसम्म चल्नेछ ।