बिहिवार , मंसिर १८, २०८२
रुपन्देही, १८ मंसिर । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको पावन क्षेत्र, तिलोत्तमा नगरपालिका–९, ओशो भिलेजमा त्रि–दिवसीय राइट माइण्ड फुलनेस सम्यक जागरण कार्यक्रम सम्पन्न भएको छ ।
गौतमबुद्धको धर्मदेशना र ओशो रजनिशको जीवन जिउने कलाको साथसम्यक प्रबद्र्धन गर्ने उद्देश्यले समर्थगुरु साधना केन्द्र मंगलापुरले सो कार्यक्रम आयोजना गरेको हो ।
गौतमबुद्धको धर्म देशनामा आधारित यस कार्यक्रमले सहभागीहरूलाई शारीरिक सुख, मानसिक शान्ति, भावनात्मक प्रफुल्लता प्राप्त गरी सदा आनन्दमा कसरी रहने भन्ने बारेमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको सहभागीहरुले बताएका छन् । तीन दिनसम्म सञ्चालन भएको सो कार्यक्रमले आत्मबल, आत्मविश्वास र आत्म आनन्दित बनाएको उनीहरुले जानकारी गराए ।
आयोजक संस्थाका अनुसार राइट माइण्ड फुलनेस प्रोग्राम विकसित मुलुकहरूमा अत्यन्त लोकप्रिय भइसकेको छ र कतिपय राष्ट्रहरूले यसलाई मन्त्रालय वा विभाग नै स्थापना गरेर आम जनमानसमा स्थापित गरिसकेका छन् ।
सूचनाले भरिएको आधुनिक जगतमा मनुष्यले तनावग्रस्त जीवन बाँचिरहेको र प्रतिष्पर्धाको जालोभित्र छटपटाइरहेको सन्दर्भमा, आनन्दित जीवनको सूत्र प्रयोग गर्ने सम्यक जागरण कार्यक्रम अझ सान्दर्भिक देखिएको छ ।
६० जना ओशो अनुयायीहरुको सहभागीता रहेको सो कार्यक्रममा समर्थगुरु संघका संयोजक मन्जु शर्मा, आचार्य अमितजी, स्वामी शिवलाल भट्टराई, स्वामी दिपक भण्डारी लगाएतले उत्साह र उत्सवका साथ जिवन जिउने कला अवलम्बन गर्दा मानव जिवन नै उल्लासपूर्ण हुने बताउनुभएको थियो ।
समर्थगुरु ध्यान केन्द्र मंगलापुरले यहि मंसिर १८ देखि २० गतेसम्म भगवान गौतम बुद्धको आर्य अष्टाङ्गिक मार्गमा आधारित ’सिद्धार्थ ध्यान योग’ आयोजना गर्ने भएको छ । समर्थगुरु मंगलापुर, ओशो भिलेजमा जीवन विधायक प्रज्ञा र ध्यान समाधि कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij