२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

जसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेतामा विजय, प्रमुख सचेतकमा कल्पना

सोमवार , बैशाख १३, २०७८

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • बुटवल, १३ वैशाख ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश संसदीय दलको बैठक आइतबार सम्पन्न भएको छ ।

    संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बैठकले दलको उपनेतामा विजय बहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

    बैठकको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।