२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

स्पेनको टेनेरिफमा शक्तिशाली छालः चार जनाको मृत्यु

मंगलवार , मंसिर २३, २०८२

  • 436
    Shares
  • 436
    Shares
  • काठमाडौं, २३ मंसिर । स्पेनी टापु टेनेरिफमा शक्तिशाली छालले समुन्द्रमा बगाएर चार जनाको मृत्यु भएको छ ।

    अर्का एक जना बेपत्ता छन् । टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा रहेको प्राकृतिक चट्टानी स्विमिङ पुलमा यो घटना भएको हो । उक्त क्षेत्रमा ठूलो छालले धेरै मानिसहरूलाई समुन्द्रमा बगाएको थियो ।

    तीन जनाको मृत्यु भएको पुष्टि भएको आपतकालीन सेवाहरूले बताएका छन् । उनीहरूलाई ३५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र अर्को एक जना अपुष्ट उमेरका पुरुषको रूपमा पहिचान गरेको छ ।

    पाँचौं व्यक्ति अझै पनि खोजी कार्य जारी रहेको अवस्थामा बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।