२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

काठमाडाैँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

सोमवार , बैशाख १३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  •  काठमाडौं ।

    काठमाडाैँ उपत्यकामा वैशाख १६ गतेदेखि तीन वटै जिल्लामा निषेधाज्ञा लगाइने भएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र गृह मन्त्रालयका प्रतिनिधीबीच भएको छलफलले उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।  

    आइतबारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पनि काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

    नषेधाज्ञामा सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत बन्द रहनेछन्। होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

    निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ ।