२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अक्सिजन बेड बनाउन प्रदेश सरकारले दियो बजेट

सोमवार , बैशाख १३, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल ।

    लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगंज, दाङ र भैरहवामा अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ। कोभिड-१९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेड अभाव भएपछि प्रदेस सरकारले अक्सिजनसहितको बेड बनाउन पहल गरेको हो।

    सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

    उनका अनुसार प्रदेस सरकारले बुटवल, दाङ र नेपालगंजले ५० लाख रुपैंयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने छ। उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए। त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निणर्य गरेको छ ।