बिहिवार , मंसिर २५, २०८२
भैरहवा, २५ मंसिर । गैडहवा स्मार्ट कृषि सहकारी संस्था लि. गैडहवा–७, रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । बिहीबार संस्थाको प्रांगणमा भएको साधारण सभा तथा अधिवेशनले सन्दीप कुमार गुप्ताको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक लाल बहादुर केवटका अनुसार संस्थाको उपाध्यक्षमा मिरा चौधरी, सचिवमा कृष्ण मोहन कहाँर र कोषाध्यक्षमा पूजा कुमारी हरिजन रहनुभएको छ । त्यस्तै सदस्यहरुमा राजेश केवट, हरिराम विश्वकर्मा र द्वारिका हरिजन रहनुभएको छ ।
त्यसै गरी राजकुमार लोधको संयोजकत्वमा ऋण तथा लाल कृष्ण प्रजापतिको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । लेखा समितिको सदस्यहरुमा दिनेश लोध, रेशम कुमारी मल्ल र ऋण समितिको सदस्यहरुमा तुल्सीराम कोहार र सुन्दर यादव रहनुभएको निर्वाचन समितिले जनाएको छ ।
लाल बहादुर केवटको संयोजकत्वमा रहेको निर्वाचित समितिको संयोजकमा विश्वम्भर प्रसाद गुप्ता र रामलाल लोध सदस्य रहनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij