आइतवार , मंसिर २८, २०८२
भैरहवा, २८ मंसिर । रुपन्देही नागरिक समाज सिद्धार्थनगर समितिको आयोजनामा भैरहवाका विभिन्न स्थानमा डस्टबीन वितरण कार्यक्रम गरिएको छ ।
शनिबार मेउडिहवा, राईसमिल, हनुमान मन्दिर, बैंकरोड लगायतका स्थानमा कार्यक्रम गरिएको समाजको सिद्धार्थनगर समितिका अध्यक्ष राजा प्रताप शाहीले बताउनुभयो । उहाँका अनुसार शनिबार २० वटा डस्टबीन वितरण गरिएको छ ।
‘जथाभावी फोहोर फाल्नुभन्दा डस्टबीनमा राख्नुपर्छ भन्ने सन्देश दिन र फोहारमैला व्यवस्थापनमा सहजता प्रदान भइ सिद्धार्थनगरलाई स्वच्छ र सफा बनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो डस्टबीन राखिएको हो, ’अध्यक्ष शाहीले भन्नुभयो ।
आवश्यकता अनुसार अन्य स्थानमा पनि डस्टबीन राख्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij