२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

लुम्बिनी ईटा संघद्वारा शैक्षिक सामाग्री वितरण

सोमवार , मंसिर २९, २०८२

  • 520
    Shares
  • 520
    Shares
  • भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीले स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा भैरहवाको एक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ । 

    संघले सिद्धार्थनगर वडा नं ३ स्थित श्री खजहना आधारभूत विद्यालयका कक्षा १ र २ मा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संघका अध्यक्ष सुनिलकुमार सिन्धीले जानकारी दिनुभयो । 

    सो अबसरमा बोल्दै अध्यक्ष सिन्धीले आगमी दिनहरुमा पनि विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण देखि उनीहरुको स्वास्थ्य परिक्षणका लागि एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिनुभयो ।

    २७औं स्थापना दिवसको अबसरमा बिद्यार्थीहरुका लागि आबश्यक कापि, किताव, पेन्सील, कटर लगाएतका सामाग्री वितरण गरिएको महासचिव बाबुराम पाठकले जानकारी दिनुभयो । 

    ab.jpg

    संघका वरिष्ठ उपाध्यक्ष अजय अधिकारीको स्वागत, महासचिव वावुराम पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।