images

सोमवार, बैशाख २४ गते २०८१

बुटवल र भैरहवामा बैंक तथा वित्तीय संस्था संस्थासहित लकडाउन 

बुटवल र भैरहवामा बैंक तथा वित्तीय संस्था संस्थासहित लकडाउन 

images
images
images
आइतवार, श्रावण ३२ २०७७
आइतवार, श्रावण ३२ २०७७
  • बुटवल र भैरहवामा बैंक तथा वित्तीय संस्था संस्थासहित लकडाउन 

    भैरहवा ३१ साउन ।

    images
    images
    images

    रुपन्देहीमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि जिल्लामा मानिसको आवातजावतमा कडाई गरिएको छ । रुपन्देहीको भैरहवा र बुटवलमा कोरोनाको संक्रमण अत्याधिक रुपमा बढेसंगै ती स्थानमा पुर्ण रुपमा लकडाउन गरिएको छ । 

    बुटवलमा हिजोदेखि लकडाउन गरिएको हो भने भैरहवामा आजदेखि लकडाउन शुरु गरिएको छ । बुटवलमा गरिएको लकडाउन केही फितलो देखिएको छ । नागरिकहरु अटेर गर्दै हिडडुल गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको भन्दै सामाजिक संजालमा आलोचना शुरु भएको छ । भैरहवामा फाटफुट रुपमा मोटरसाइकल चलेका छन् । 

    रुपन्देहीमा पछिल्ला केही दिनदेखि लगातार रुपमा संक्रमितको संख्या बढ्दै गएको छ । आईतबार दिउँसो साढे १ बजेसम्मको रिर्पोट अनुसार तिलोत्तमामा ६ जना, बुटवलमा ४ जना, सि.न.पा.मा ८ जना, सियारीमा १, ओमसतियामा १ जनामा कोरोना संक्रमण देखिएको छ । 

    यता बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरका अत्यावश्यक शाखाबाहेकका सबै सेवा बन्द गरिएको छ । 

    उपमहानगरले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेकका सबै शाखाहरु अर्को सुचना जारी नहुदा सम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । कर्मचारीमा संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालयमा प्रवेशमा निषेध गरिएको छ । 

    जिल्लाका भैरहवा तथा बुटवलमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमितको संख्या बढेपछि आइतबार देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन दिईएको छ ।

    IMG_9501.JPG

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत तुल्सीराम मरासीनीले बैक तथा बित्तिय सस्थामा कोरोना संक्रमितको संख्या निकै बढेपछि बैकका काउण्टर सहितका सबै सेवा बन्द गरिएको बताए । उनले नागरिकको सहभागिता हुने गरी कुनै पनि काम कार्वाही नगर्न आग्रह गरिएको बताए ।   

    यता बुटवल उपमहानगर पालिका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले बैंक तथा वित्तिय संस्थाहरुका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको बताए । 

    IMG_9470.JPG

    रुपन्देहीमा ४५५ जना कोरोना संक्रमित रहेका छन् । जस मध्य १ सय २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए । भैरहवा र बुटवलमा सक्रिय संक्रमितको संख्या बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij