२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

कोरोनाको संक्रमण चरम सिमा पुगेपछि खेलाडीहरु घर फर्किन थाले

मंगलवार , बैशाख १४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १४ बैशाख।

    कोरोना संक्रमणको दर तिब्र गतिमा बढ्न थालेपछि जारी रहेका खेलकुद प्रतियोगिताहरु नराम्ररी प्रभावित हुन थालेका छन्। कोरोनाको संक्रमण चरम सिमा पुगेका कारण खेलाडीहरु खेल छोडेर घर फर्किन थालेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरु प्रभावित भएका हुन्।

    उता भारतमा कोरोनाको दोस्रो लहर चरम सिमामा पुगेको कारण केही खेलाडीहरु ईन्डियन प्रिमियर लिग आइपीएल खेल छाडी आफ्नो घर फर्किन थालेको र यसबाट प्रतियोगितामा प्रत्यक्ष असर परेको बताइएको छ। 

    आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन् भने भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेको आयोजकले बताएका छन्।

    यता नेपालमा पनि काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा संचालनमा रहेका प्रतियोगिताहरु स्थगित भएका छन्। कोरोना संक्रमणका त्रासका कारण खेलाडीहरु बिभिन्न बहानामा खेल छाडी घर फर्कन थालेपछि प्रतियोगिताहरु स्थगन भएका हुन।