२०८२, पौष ४ गते

Dec 19 2025 | २०८२, पौष ४ गते

कालिका कप २०८२ : भलिबल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बिहिवार , पौष ३, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • बुटवल, ३ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२  मा जिल्लास्तरीय छात्र–छात्रा भलिबल र कबड्डी प्रतियोगितामा नकआउट चरणका सबै खेल सकिएका छन्।  

    बिहीबार विद्यालयमा भएको जिल्लास्तरीय मावि छात्र भलिबल प्रतियोगितामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन्। पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविकाबीच भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । त्यस्तै एभरेष्ट मावि र मणिमुकुन्दबीच् भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।

    न्यू होराईजन र उजिरसिंह माविबीच भएकोमा सोझो सेटमा न्यू होराईजन विजयी भएको छ । त्यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविबीच भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।

    दीप बोर्डिङ मावि र देवदह पब्लिकबीच भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपति माविबीच भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिनुभयो ।

    त्यस्तै छात्र भलिबलको सातौं खेल कान्ति मावि र सीता माविबीच भएकोमा सीता मावि २–१ ले विजयी भएको हो । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा कालिका मानवज्ञान र नविन माविबीच् भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । 

    त्यसै गरी न्यू होराइजन मावि र दीप बोर्डिङ्गबीभ भएको खेलमा न्यू होराईजन सोझो सेटले विजयी भएको हो । एभरेष्ट मावि र बुद्ध पब्लिकबीच भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ति मावि र नविन माविबीच भएकोमा २–१ ले नविन मावि र कुवँरवर्ती मावि र सीता माविबीच भएको खेलमा सोझो सेटले कँुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्रवेश गरेको हो ।

    कड्डी प्रतियोगिततर्फ छात्रमा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डिङ्ग, कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् । छात्रातर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन  ।

    कालिका मानवज्ञान माविले पुस ६ गते सेक्टर २ मा छात्रवृत्ति वितरणसहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मूल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहबीच हुनेछ ।