२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

बेड नपाउँदा कोरोना संक्रमित युवकको मृत्य

मंगलवार , बैशाख १४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बैशाख  १४, नवलपरासी ।

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय कोरोना सक्रमित युवकको अस्पतालमा बेड नपाउदा मृत्यु भएको छ। श्वास फेर्न गाह्रो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखि सामान्य उपचार सुरू गरिएको थियो ।

    आईसियुमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्था भएपनि जिल्लामा सो सेवा उपलब्ध नभएकाले उनको थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरिएको थियो ।

    तर ति अस्पताल प्रशासनले बेड अभावको कारण देखाउदै भर्ना गर्न नसकिने बताएपछि जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा नै सामान्य अक्सिजन दिएर ति युवाको उपचार गरिएको थियो । सोहि अस्पतालमा उपचार गर्दागर्दै उनको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए ।

    दुई दिन अघि मात्र उनका बाबुको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो । दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरू मध्ये १० दिनको अवधिमा रामग्राम नगरपालिकाकामा मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ