२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा जोशी, महासचिवमा पन्त

शनिवार , पौष ५, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, ५ पुस । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले मनिष कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार समाजको वरिष्ठ उपाध्यक्षमा डा.ऋषिराम शर्मा, उपाध्यक्षम खिम बहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी र सह–कोषाध्यक्षमा अच्युत राज गौतम निर्वाचन हुनुभएको छ ।

    त्यस्तै सदस्यमा इन्द्र बहादुर थापा, सानु सापकोटा, नारायण भण्डारी, कुलमणि ज्ञवाली, गोविन्द प्रसाद रेग्मी र गंगा भुसाल रहनुभएको छ ।

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीको स्वागत तथा महासचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।