
मंगलवार , बैशाख १४, २०७८
भैरहवा, १४ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न सरकारसमक्ष अपिल गरेको छ । खासगरी लुम्बिनी प्रदेशको बाँके जिल्ला, नेपालगंजको भेरी अस्पतालमा कोरोनाको बिरामीहरूको चापले अवस्था अत्यन्तै भयावह बन्दै गइरहेकोले यस्तो अवस्थामा संघीय र प्रदेश सरकारको विशेष जानुपर्ने राप्रपाको भनाइ छ ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले विज्ञप्ती जारी गर्दै तत्काल भेरी अस्पतालको यो स्थिति नियन्त्रणको लागी सरकारसंग आग्रह गरेका छन् । उनले साथै स्वास्थ्य सुरक्षा अपनाई यो भयावह स्थिति नियन्त्रणको लागी आ–आफ्नो तर्फबाट सहयोग पुर्याउन राप्रपा बाँकेलाई समेत आग्रह गरेका छन् ।
‘हरेक स्थानमा सुरक्षित रहन र सुरक्षित रहँदै आवश्यक सहयोग पुर्याउन लुम्बिनी प्रदेश तथा देशभरका सम्पुर्ण राप्रपाका मित्रहरूलाई समेत हार्दिक अपिल गर्दछु । सुरक्षित रहौ, आफु पनि बचौं, अरूलाई पनि बचाऔ, उनले भनेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij