२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

कालिका कप : भलिबलतर्फ होराईजन र एभरेष्टलाई उपाधि

आइतवार , पौष ६, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • बुटवल, ६ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औं वार्षिककोत्सवमा जारी कालिका कप–२०८२ को उपाधि भलिबल छात्रतर्फ  न्यू होराईजन माविले जितेको छ । त्यस्तै मणिमुकुन्द मावि दोस्रो र नविन मावि तेस्रो भएको हो  । 

    छात्रा भलिबलतर्फको उपाधि भने एभरेष्ट माविले जितेको छ । त्यस्तै उपविजेता न्यू होराईजन मावि र कुवरवर्ती मावि तेस्रो भएको छ ।

    त्यस्तै जिल्लास्तरीय कबड्डी प्रतियोगिता छात्रतर्फ आयोजक संस्था कालिका मानवज्ञान मावि नै प्रथम भएको छ । नविन औद्यागिक मावि दोस्रो र मणिमुन्द मावि र न्यु होराईजन गौतमबुद्ध मावि तेस्रो भएको हो । 

    त्यसै गरी छात्रातर्फको कबड्डी प्रतियोगितातर्फ न्यू होराईजन मावि प्रथम, कालिका मानवज्ञान मावि दोस्रो र कान्ति मावि र नविन औद्योगिक माविले तेस्रो स्थान प्राप्त गरेका हुन् ।

    भलिबल प्रतियोगितातर्फ बेष्ट कोच न्यू होराईजनका प्रदिप चौधरी र एभरेष्ट स्कुलका अर्जुन घिमिरे भएका छन् । बेष्ट प्लेर अनिश थापा (न्यू होराईजन) र मीना सुनार (एभरेष्ट बोर्डिङ) स्कूल भएक छन् । बेस्ट ब्लकरमा मणिमुकुन्द माविका मिलन थापा र एभरेष्ट माविका ललिता बोहोरा भएका छन् ।

    भलिबलतर्फ बेष्ट स्पाईकरमा प्रकाश सुनार मणिमुकुन्द र मनोरमा दंगोरिया कुवरर्ती भएका छन् । बेष्ट डिफेन्समा आयुश थापा न्यू होराईजन र रुपा लम्साल एभरेष्ट स्कुल भएका हुन् ।  

    बेस्ट सर्भिसर न्यू होराईजनका ईस्मान पुलामी र अल्नीका झेडी भएका हुन् । बेष्ट सटरमा न्यू होराईजनका जगदीश ओझा र भारती विक भएका छन् । राईजिङ्ग प्लयर्सको रुपमा मणिमुकुन्दका प्रदिप विक र एभरेष्टकी जानकी केसी भए ।

    कबड्डीतर्फ बेष्ट राईडर अलोक हरिज कालिका मानवज्ञान मावि र क्रिष्टिना श्रेष्ठ न्यू होराईजन मावि भएका छन् । बेष्ट डिभेन्सरको रुपमा आरव अन्सारी, सन्ध्या पौडेल भएका छन् । बेष्ट कोचको उपाधि भने राहुल अर्याल कालिका मानवज्ञान मावि र महेन्द्र सुनार न्यू होराईजन मावि भएका हुन ।

    भलिबल र कबडड्ी प्रतियोगितामा विजेता टीम प्रथमले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । उपविजेता टीमले २० हजारसहित ट्रफी, मेडल र तृतीय हुने टीमले नगद १० हजारसहित पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो ।   
    विजेता टीमलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, शैक्षिक सल्लाहकार तथा विद्यालयका पूर्व प्रधानाध्यापक घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दिनेश थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    यसैबीच कालिका मानवज्ञान माविको ६५ औं वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाई कार्यक्रम गरिएको छ । सेक्टर २ रामनगर क्षेत्र र कालिकानर क्षेत्रमा वृहत सामुदायिक सरसफाई गरिएको हो । 

    सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार विद्यालयका शिक्षक, विद्यार्थीहरु र समुदायका समाजसेवी, टोल समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागीतामा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको हो । 

    विद्यालयको सेक्टर २ मा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि एवं विद्यालय व्यवस्थापन समिति सदस्य यमुना काउचा, शान्ता गौतम, समाजसेवी टंक कुमार खडका, दिलिप सुनार, विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि ज्ञवालीलगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागीता थियो ।

    सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयसँग प्रत्यक्ष रुपमा जोडिएको रामनगर परिसर र विद्यालय परिसर सरसफाई गरिएको विद्यालयका इञ्चार्ज कृष्ण गौतमले जानकारी दिनुभयो । त्यस्तै सेक्टर १ कालिका नगर क्षेत्रमा पनि वृहत प्रकृतिको सरसफाई गरिएको हो ।  

    विद्यालयको वार्षिकोत्सव अन्र्तगत पुस ६ गते आइतबार सेक्टर २ रामनगरमा पुरस्कार वितरण, सम्मान कार्यक्रम रहेको छ । पुस ७ गते मूल समारोह कालिकानगर सेक्टर १ मा हुनेछ ।