आइतवार , पौष ६, २०८२
भैरहवा, ६ पुस । जयसवाल सेवा समिति सिद्धार्थनगर–६, भैरहवा, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । जयसवाल महिला सेवा समिति र जयसवाल युवा कमिटीको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक तथा जयसवाल युवा कमिटीका वरिष्ठ उपाध्यक्ष सुमित जयसवालले बताउनुभयो ।
शनिबार सिद्धार्थनगर–४ स्थित जयसवाल सेवा समितिको भवनमा आयोजित कार्यक्रममा ३१ युनिट रगत संकलन भएको जयसवाल युवा कमिटीका अध्यक्ष शिवम जयसवालले जानकारी दिनुभयो । रगतको अभाव हुन नदिन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि जनरल फिजिसियन तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका एशोशियट प्रोफेसर डा. निरज कुमार जयसवालले उद्घाटन गर्नुभएको थियो ।
जयसवाल महिला सेवा समितिका अध्यक्ष पुनम जयसवालको अध्यक्षता, जयसवाल सेवा समितिका महासचिव अर्जुन प्रसाद जयसवालको स्वागत तथा जयसवाल युवा कमिटीका उपाध्यक्ष सन्नी जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij