२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

योग, ध्यानलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस् : स्वामी आनन्द अरुण

आइतवार , पौष ६, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं, ६ पुस । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

    हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ । ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताउनु भयो ।

    ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको बताउनु भयो । ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

    योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको बताउनु भयो । आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गर्नुभयो । 

    उहाँले धार्मिक संस्थाको पैसामा कर लगाउनु नहुने माग गर्नुभयो । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग आग्रह गर्नुभयो । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको बताउनु भयो ।