२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अफ्रिकी संघद्वारा सुडानको सार्वभौमसत्ता र एकताप्रति समर्थन

आइतवार , पौष ६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ६ पुस । अफ्रिकी संघ (एयू) ले सुदानको सार्वभौमसत्ता र एकताप्रति आफ्नो दृढ समर्थन दोहो¥याएको छ ।

    सुडानी भूमिमा कुनैपनि समानान्तर संस्थाहरूका लागि स्थान नभएको बताएको छ । एयूका सुडानका लागि विशेष दूत मोहम्मद बेलाइचेले पोर्ट सुदानमा यो धारणा व्यक्त गर्नुभएको हो ।

    यो अभिव्यक्ति सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का कमाण्डर जनरल अब्देल फत्ताह अल–बुर्हानले अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफबाट प्राप्त लिखित सन्देश ग्रहण गर्दा आएको हो । सन्देश बेलाइचेले हस्तान्तरण गरेका थिए । बैठकमा विदेश मन्त्रालयका अवर सचिव मुविया ओस्मान खालिद पनि उपस्थित थिए । 

    सुडान सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको घातक द्वन्द्वमा फसेको छ । यस द्वन्द्वले दशौँ हजारको ज्यान लिएको छ र लाखौँ व्यक्ति देशभित्र र सीमापार विस्थापित भएका छन् ।

    यो घटनाले सुदानको जारी द्वन्द्वमा अफ्रिकी संघको सुडानी सेना पक्षधर सरकारप्रतिको समर्थनलाई प्रतिबिम्बित गर्दछ ।