२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

पत्रकार सुरेश परियारलाई ‘उत्कृष्ट युवा पुरस्कार’

आइतवार , पौष ६, २०८२

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, ६ पुस । पत्रकार सुरेश परियार ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित हुनुभएको छ । नेपाल जेसीजको ५२ औं महाधिवेशनको अवसरमा पत्रकार परियारलाई नगद, स्वर्ण पदक तथा सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।

    प्रचार र प्रशासन क्षेत्र विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँलाई नेपाल जेसीज वर्ष–२०२५ को उत्कृष्ट युवा छनौट समितिले उक्त पुरस्कारका लागि छनौट गरेको थियो । महाधिवेशनको उद्घाटन समारोहमा उहाँलाई सम्मान गरिएको हो ।

    रुपन्देही निवासी परियार विगत एक दशक भन्दा बढीदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।