२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

अन्तर्राष्ट्रिय तेक्वान्दोमा हेभेन्लीलाई ३ स्वर्णसहित ७ पदक

मंगलवार , पौष ८, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, ८ पुस । हेभेन्ली गार्डेन किड्स क्याम्पस सिद्धार्थनगर, रुपन्देहीका विद्यार्थीहरुले १५ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा ३ स्वर्णसहित ७ पदक जितेका छन् । 

    पुस ३ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न प्रतियोगितामा विद्यालयबाट सहभागी ७ जना विद्यार्थी (खेलाडी) ले ७ वटा पदक जित्न सफल भएको प्रिन्सिपल रचना क्षेत्रीले बताउनुभयो । विद्यार्थीको मिहिनेत, अनुशासन र आत्मविश्वासका कारण यो सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।

    विद्यालयका अनुसार स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा नमल बराल, सुयोश सारु मगर र आहाना पौडेल रहेका छन् । त्यस्तै आरभ चौधरीले रजत र वामिखा सुवेदी, क्रिताञ्जली मिश्र र एलेक्स पन्तले काश्य पदक प्राप्त गरेका छन् । विद्यालयले सोमबार प्रशिक्षक तथा खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक पवन क्षेत्रीले सम्मान गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै तेक्वान्दोका प्रशिक्षक कोशिष बहादुर खड्काले सम्मान गरेकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पीयनसीपको १५ औं संस्करण सम्पन्न भइसक्दा आफू यो प्रतियोगितामा सन् २०२२ मा अमेरिकामा रेफ्रीको रुपमा सहभागी भएको बताउनुभयो । त्यस्तै नारायणगढमा हुँदा प्रशिक्षको रुपमा सहभागी भएको जानकारी दिनुभयो ।‘ विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ, खेल अवलोकन गर्न आउनुभएका दर्शकले खेलाडीको प्रशंसा गर्दा गर्वको अनुभुति भयो, ’उहाँले भन्नुभयो ।

    प्रतियोगितामा हेभेन्ली गार्डेन किड्स क्याम्पसका थोरै विद्यार्थीहरु सहभागी भए पनि प्रतिशतका हिसाबले शतप्रतिशत पदक जित्न सफल भएको उहाँले बताउनुभयो । साफ च्याम्पियनसिप प्रतियोगिताको स्वर्ण पदक विजेता समेत रहनुभएका खड्काले उत्कृष्ट खेल प्रदर्शन गरेर विद्यार्थीहरुले  हेभेन्ली गार्डेन किड्स क्याम्पसको नाम मात्र नभइ सिद्धार्थनगर र नेपालकै नाम राख्न सफल भएको बताउनुभयो ।

    ‘यति धेरै पदक प्राप्त हुन्छ जस्तो लागेको थिएन । तर, यो सफलताले निकै खुसी बनाएका छौं, ’उहाँले भन्नुभयो ।उहाँले भविष्यमा पनि विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    kkk.jpg

    विद्यालयको शिक्षिका मीना पोखरेलले तेक्वान्दो प्रतियोगितामा सहभागी हुन काठमाडौंमा विद्यार्थी पठाउने विद्यालयका अभिभावकहरुलाई धन्यवाद दिनुभयो । स्वागत तथा सम्मान कार्यक्रममा अभिभावकहरुको पनि उपस्थिति थियो ।