२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लुम्बिनी क्षेत्रमा कोरोनाको उपचार व्यवस्थापनमा संघको पहल

मंगलवार , बैशाख १४, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १४ वैशाख ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको समन्वयमा लुम्बिनी क्षेत्रका नागरिक, उद्योगी व्यवसायीहरुलाई कोरोना संक्रमणको उपचार, अक्सिजन लगायतको व्यवस्थापन सम्बन्धमा आवश्यक पहलको लागि छलफल सम्पन्न भएको छ । 

    छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीको सहभागिता रहेको उक्त छलफल पश्चात संघको समन्वयमा लुम्बिनी क्षेत्रको लागि अक्सिजन सिलिण्डरको व्यवस्थापन विषयमा सम्बन्धित उद्योगीहरुसंग अनुरोध गरिएको थियो । 

    संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता तथा महासचिव विजय पाण्डेको सञ्चालनमा छलफल सम्पन्न भएको थियो ।