२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन बैशाख १९ गतेका लागि आव्हान

मंगलवार , बैशाख १४, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • बुटवल, १४ बैशाख। लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन आगामी बैशाख १९ गते डाकिएको छ। मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध प्रदेश सभामा पेश भएको अबिश्वास प्रस्तावमाथि छलफल गर्नका लागि बैठक आब्हान गरिएको हो। 

    प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र अनुसार १९ गते आईतबार दिनको ठिक १ बजे बस्ने गरि प्रदेश सभाको बिशेष अधिबेशन आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

    बिशेष अधिबेशन सम्बन्धमा पत्र प्राप्त भैसकेको र सभामुखसँग छलफलपछि सुचना प्रकासित गर्ने तयारी भैरहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताएका छ। 

    गत बैशाख ६ गते नेपाली काँगे्रस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी लगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेश सभामा अबिश्वासको प्रस्ताव दर्ता गरेका थिए। 
    लगत्तै बिपक्षी प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा बिशेष अधिबेशन बोलाउन माग गर्दै समाबेदन गरेका थिए।