२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

‘रण अम्बिका शाह आँखा अस्पताल सबैको गर्व गर्न लायक संस्था हो’

मंगलवार , पौष ८, २०८२

  • 67
    Shares
  • 67
    Shares
  • सर्वप्रथम श्री रण अम्बिका शाह आँखा अस्पतालको संक्षिप्त परिचय दिनुहोस् । 
    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पताल तत्कालिन अवस्थामा नेपाल सरकारको जिल्ला अस्पताल भीम अस्पतालको भवनमा दुईवटा कोठा प्राप्त गरी आँखा अस्पताल सञ्चालन गरेको थियो । बिरामी बढ्दै जाँदा सो कोठाहरुबाट उपचार सेवाहरु प्रदान गर्न जटिल भएपछि दृष्टि सबैका लागि भन्ने मूल उद्देश्यका साथ यस क्षेत्रका समाजसेवीहरुको पहलमा एउटा छुट्टै आँखा अस्पताल आवश्यकताको परिकल्पना गरियो ।

    फलस्वरुप जग्गा उपलब्ध गराएको खण्डमा भवन बनाइदिन सेवा फाउण्डेशन अमेरिकाले प्रतिबद्धता जाहेर गर्यो । तत्पश्चात श्री रण बहादुर शाह र उहाँको परिवार अम्बिका शाहले आफ्नो नाम राखेर अस्पताल निर्माण गरेको खण्डमा आफ्नो नाममा रहेको १ बिगाह १६ कठ्ठा ९ धुर जमिन आँखा  अस्पताललाई प्रदान गर्ने शर्तमा उक्त जग्गा प्रदान गर्नुभयो । त्यसै गरी सिद्धार्थनगर नगरपालिकाले १२ कठ्ठा २ धुर जग्गा प्रदान गर्यो । सोही जग्गामा वि.सं. २०४० मंसिर १३ गते सेवा फाउण्डेशनले आर्थिक सहयोग गरी ओ.पि.डी., अन्तरंग बिभाग र ओ.टी. निर्माणको लागि  २ करोड ८५ लाख ५१ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिदियो । सो भवन करिब ५ सय बिरामीको जाँच र १ सयजनाको शल्यक्रिया गर्न सक्ने क्षमताको थियो । यसरी अस्पताल निर्माणसम्पन्न भयो र सेवा पनि सुचारु भयो । सोही समयमा शल्यकृया गरिएका बिरामीलाई राख्न थप अन्तरंग विभाग लायन्स कलबले निर्माण गरिदियो । बिरामीको सख्या बढ्दै जाँदा सो भवनले पनि नपुगेपछि अस्पतालले आफ्नै स्रोतमा तीनतल्लाको ओ.पि.डी र शल्यक्रिया कक्ष निर्माण गर्यो । हाल अस्पतालको भवनबाट दैनिक १ हजार ५ सयदेखि २ हजार ५ ओ.पि.डी र २ सय देखि ३ सय शल्यक्रिया गर्दै आएकोे छ ।

    यस अस्पतालले ४ वटा विधामा काम गर्दै आएको छ । जसअन्तर्गत Clinical service, Academic, community and Research क्षेत्रहरु हुन् । अस्पताल अन्तर्गत Clinical and Community सेवा प्रदान हुँदै आएको छ भने नेत्र विज्ञान अध्ययन संस्थान अन्तर्गत Academic and Research सञ्चालित छन् ।

    यस अस्पतालले आँखारोग सम्बन्धी कस्ता उपचार सेवाहरु प्रदान गर्दै आएको छ ?
    यस अस्पतालले आँखारोग सम्बन्धी बिरामी अस्पताल आइसकेपछि अन्त जान नपरोस् भन्ने हेतुले सेवाहरु वृद्धि गर्दै लगेको छ । यस अस्पतालद्धारा प्रदान गरिएका सेवाहरु निम्न छन् ।

    • दैनिक रुपमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म आँखा जाँच गरी आवश्यकता अनुसार औषधी तथा चश्मा प्रदान ।
    •  फेको विधि (Phacoemulsification Technique) बाट स्वदेशी र विदेशी लेन्स राखेर मोतीबिन्दुको शल्यक्रिया ।
    • आँखाको नानीको सम्पूर्ण उपचार ।
    • नानी फुटेको सिलाई ।
    • नानीको ट्रन्सप्लान्ट (PKP) ।
    • आँखाको सम्पुर्ण कस्मेटिक उपचार
    • आँशुको नलीको Endolaser/Endoscopic विधिबाट शल्यक्रिया
    • आँखाको पर्दा सम्बन्धी सम्पूर्ण उपचार ।
    • पर्दा फाटेकोे (Retinal Detachment) को शल्यक्रिया सेवा ।
    • भिट्रेक्टोमी (Vitrectomy) शल्यक्रिया ।
    • पर्दामा रगत चुहिएको अवस्थामा Diaode लेजरबाट सेकाई ।
    • फण्डस फुलुरोसेन्स एन्जियोग्राफी (Fundus Fluorescein Angiography) सेवा
    • ओ.सि.टी (OCT) सेवा ।
    • फण्डस फोटोग्राफी (Fundus Photography) सेवा
    • जलबिन्दु सम्बन्धी सम्पूर्ण उपचार ।
    • बच्चामा हुने आँखाको समस्याको सम्पूर्ण उपचार ।
    •  न्यूनदृष्टि (Low Vision) को उपचार ।
    • कन्ट्याक्ट लेन्स सर्भिस (Contact Lens Service) ।
    • जनरल एनेस्थेसिया (General Anaesthesia) सेवा ।
    • भिज्यूवल फिल्ड एनालाईजर (Visualfield Analyser) सेवा ।
    • याग लेजर (Yag Laser) सेवा ।
    • आँखाको भिडियो एक्स–रे  (B-Scan) सेवा ।
    • अत्याधुनिक पेण्टाक्याम मेसिनबाट आँखाको जाँच गरिने ।
    • General lab सर्भिस ।
    • माईक्रोबायोलोजी सेवा ।
    • नाक, कान, घाँटी उपचार सेवा ।

    त्यसै गरी यस अस्पतालमार्फत रुपन्देही जिल्लाको लुम्बिनी, सैनामैना, सम्मरीमाइ, रोहिणी, सियारी, तिलोत्तमा, मर्चवारी, शुद्धोदनमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन ।
    यसका साथै नेपालको दुर्गम क्षेत्र सम्म सर्वसुलभ आँखा उपचार सेवा पुर्याउने उद्देश्य अनुरुप अस्पतालले चारवटा जिल्ला आँखा उपचार केन्द्रहरु क्रमशः पाल्पा, गुल्मी अर्घाखाँची र प्यूठानको सञ्चालनमा प्राविधिक सहयोग गरी शल्यक्रिया सेवा  उपलब्ध गराउँदै आएको छ ।

    सेवा शुल्क र सर्वसाधारणको पहुँचको कस्तो छ ?
    इो अस्पताल गैरनाफामुखी तथा सेवामूलक संस्था हो । यसले लिने सेवा शुल्क न्यूनत्तम नै रहेको हुँदा कसैको पहुँचबाट यो टाढा हुँदैन भन्ने हाम्रो विश्वास छ । यसको सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब र निमुखाहरुका लागि निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्नुका साथै निःशुल्क शिविरहरु पनि सञ्चालन गर्दै आएको छ । उपचार हुन सक्ने रोगहरुबाट कोही पनि दृष्टिबिहिन हुन नपरोस् भन्नाखातिर जो कोही पनि पैसाको अभावले यहाँबाट उपचार नपाएको अवस्थामा अस्पतालले निःशुल्क उपचार समेत प्रदान गर्दै आइरहेको छ ।

    अस्पतालमा अत्याधुनिक प्रविधि र जनशक्तिको अवस्था कस्तो छ ?
    यस अस्पतालले यस क्षेत्रको प्रतिनिधित्व गर्दै आधुनिक प्रविधिहरुलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको छ । दक्ष जनशक्तिले सुसज्जित रहेको र जनशक्तिको दक्षताको लागि अध्ययन–अध्यापन, सेमीनार, कार्यशाला, गोष्ठी आदिको माध्यमबाट तालिमहरु प्रदान गर्दै आएको छ । यस अस्पतालमा ३ सय जनाको हाराहारीमा नियमित कर्मचारी रहेको र विभिन्न लेभल (तह) को अध्ययन गर्दै आएकाहरु विद्यार्थीहरुलाई समेटदा जनशक्ति धन्नै ५ सय को हाराहारीमा छ ।

    अस्पतालका भावी योजनाहरु के–के छन् ?
    यस अस्पताललाई नेपालको एक नम्बर अस्पतालको रुपमा चिनाउने महान सदीक्षाका साथ अस्पतालले काम गर्दै आएको छ । अस्पताल त्भचतष्बचथ  आँखा अस्पतालबाट ऋभलतभच या भहअभििभलअभ  तिर लम्कदै अगाडी बढेको छ । भविष्यमा आधुनिक शल्यचिकित्सालाई अझ प्रभावकारी रुपमा अगाडी लैजाने साथै अहिले रहेका सेवाहरुलाई बढाएर सुख्खा आँखाको केयर र उपचार, लेसिक शल्यक्रियाहरु, मोतीबिन्दुको आधुनिक लेन्सहरु राखेर शल्यक्रियाहरु गर्ने साथै पहँच नपुगेका स्थानसम्म आँखा उपचार केन्द्र वा आँखा शिविर सञ्चालन गरेर सबैलाई सेवा उपलब्ध गराउनेतर्फ अस्पताल अघि बढेको छ ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    आँखाका कतिपय रोगहरु साईलेन्ट किलर प्रकारका हुने भएकोले मधुमेह (सुगर, उक्त रक्तचाप (हाई बलड्प्रेसर जलबिन्दु भएका बिरामीलाई आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्न र प्रत्येक ६÷६ महिनामा आँखा परीक्षण गराउनुहुन अनुरोध गर्दछौं । 
    यो अस्पताल हामी सबैको गर्व गर्न लायक संस्था हो । यसलाई कालान्तरसम्म बचाएर लैजाने र भावी सन्ततिको लागी समेत सुरक्षित गर्ने जिम्मेवारी हामी सबैको हो । त्यसैले यसलाई माया गरौं । सबै महानुभावहरु यो अस्पतालमा आएर सेवा लिनुहुन अनुरोध गर्दछौं ।