बुधवार , पौष ९, २०८२
काठमाडौं, ९ पुस । दुई नेताबीच तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पद छाड्नु नै बुद्धिमानी हुने बताउनुभएको छ ।
यदि मादुरोले कठोर बन्ने प्रयास गरे यो नै उनको अन्तिम पटक हुने चेतावनी दिनुभयो । ट्रम्पले फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–अ–लागो रिसोर्टमा मदुरोलाई सत्ता छाड्न बाध्य पार्ने लक्ष्य हो कि भनेर सोधिएको प्रश्नको जवाफमा यस्तो टिप्पणी गर्नुभएको हो ।
ट्रम्पले अमेरिकाले सप्ताहन्तमा प्रतिबन्धित तेल ट्याङ्करलाई पछ्याइरहेको कुरा पनि पुष्टि गर्नुभयो । मदुरोले ट्रम्पको शब्दलाई प्रत्यक्ष संकेत नगरी हरेक नेताले आफ्नै राष्ट्रको आन्तरिक मामिलामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij