२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अर्घाखाँचीमा कोरोना संक्रमित पुरुषको मृत्यु

मंगलवार , बैशाख १४, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • वैशाख १४,अर्घाखाँची ।

    जिल्ला अस्पताल अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

    गत चैत २७ गते भारत बाट घरमा आएका वृद्ध ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।

    अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।