२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

१८ जना ज्येष्ठ नागरिक सम्मानित

बिहिवार , पौष १०, २०८२

  • 853
    Shares
  • 853
    Shares
  • भैरहवा, १० पुस । कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार ८० वर्ष पूरा भएका र सो भन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संरक्षक तथा केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमल नयन गौतमले संस्था जन्मेपछि त्यसलाई मलजल गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले संस्थाले फराकिलो दायरामा रहेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो । गौतमले आगामी दिनमा पनि मुलुकको नमूना संस्थाको रुपमा स्थापित हुँदै उदाहरणीय कार्य गर्न सकोस् भन्दै शुभकामना दिनुभयो । 

    प्रतिष्ठानका अध्यक्ष कलाधर पन्थले संस्थालाई निरन्तर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सकेसम्म दिनदुःखीको घरमै पुगेर सहयोग गर्ने प्रतिष्ठानको सोच रहेको बताउनुभयो ।

    प्रतिष्ठानका महासचिव गोविन्द राज अधिकारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताउनुभयो । यसले ज्येष्ठ नागरिकमा उर्जा थपेको अनुभुति भएको उहाँले बताउनुभयो । महासचिव अधिकारीका अनुसार संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गदै आइरहेको छ । 

    ‘शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्नुभएका र सामाजिक सेवामा उल्लेखनीय योगदान गर्नुभएका प्रतिभाहरु तथा समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने उद्देश्यका साथ प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा  ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाको प्रमुख शान्ति सुवेदी, भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवालीलगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान प्रमुख (मेयर) हरिप्रसाद अधिकारीले बताउनुभयो ।

    प्रतिष्ठानको उपाध्यक्ष गंगा पन्थको स्वागत तथा महासचिव गोविन्द राज अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    kkknnn.jpg

    शिक्षा तथा स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यका साथ मातापिताको स्मृतिमा कलाधर पन्थ र गंगा पन्थले कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको हो ।