२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

चीनमा तिब्र गतिको रेल सेवा सञ्चालनमा आउँदै

बिहिवार , पौष १०, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडौं, १० पुस । चीनको सान्सी प्रान्तमा सियान–यानान उच्च गतिको रेल मार्ग सञ्चालनमा आउने भएको छ ।

      जसले उक्त क्षेत्रको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित गर्नेछ । यो उत्तरी सान्सीको पुरानो क्रान्तिकारी आधार क्षेत्रमा सेवा पुर्याउने पहिलो उच्च गतिको रेल सेवा हुनेछ । जसले विशेष गरी यानानलाई जोड्नेछ ।

    ३५० किलोमिटर प्रतिघण्टाको गतिको लागि डिजाइन गरिएको यो २९९.८ किलोमिटरको परियोजनाले सियानदेखि यानानसम्मको यात्रा समय २.५ घण्टाबाट घटाएर करिब एक घण्टामा पु¥याउनेछ ।

    १९३७ र १९४७ को बीचमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको आधार क्षेत्रको रूपमा सेवा गरेको हुनाले यानानको गहिरो ऐतिहासिक महत्व रहेको छ ।