२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा डाइबेटिक रेटिनोप्याथी आँखा जाँच शिविर

शनिवार , पौष १२, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, १२ पुस । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले डाइबेटिक रेटिनोप्याथी आँखा जाँच शिविर सम्पन्न गरेको छ । क्लबले बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित खुम्सामा उक्त शिविर आयोजना गरेको हो ।

    शिविरमा २ सय जना बढी स्थानीयको आँखा तथा मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष ओम जैसीले बताउनुभयो । 

    समुदायमा पुगेर आँखा सम्बन्धी परीक्षण गरिसकेपछि रोग पहिचान गरी छिटो उपचारमा जान सहज होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको क्लबका कोषाध्यक्ष जय सिंह थापाले बताउनुभयो ।

    601880114_1493143916152415_7945345431878637275_n.jpg

    क्लबका अध्यक्ष पर्शुराम पराजुलीको अध्यक्षता, ओमसतिया गाउँपालिका–१ का वडाअध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता तथा क्लबका कोषाध्यक्ष जय सिंह थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।