२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोमवार , पौष १४, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १४ पुस । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित श्री मधवलिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

    जाडो मौसमलाई मध्यनजर गर्दै ७५ जना विद्यार्थीहरुलाई ज्याकेट तथा ट्र्याकसुट वितरण गरिएको क्लबका अध्यक्ष विष्णु शर्माले बताउनुभयो । क्लबले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र सामूदायिक विकासका क्षेत्रमा विभिन्न सेवा कार्यक्रमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा–१५ का वडाअध्यक्ष खेमराज गुरुङले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षामा निरन्तरता दिन प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

    WhatsApp Image 2025-12-28 at 1.50.03 PM.jpeg

    रोटरियन उपेन्द्र यादवको सञ्चालनमा भएको कार्यक्रममा एजी रोटरी डिस्ट्रिक्ट ३२९२ शिव प्रसाद गौडेल, विद्यालयका प्रधानाध्यापक शेरबहादुर कुँवर, सहायक प्रधानाध्यापक सुरज प्रसाद भट्टराई, अभिभावक संघ प्रतिनिधि विष्णु चुडाली, विद्यालय व्यवस्थापन समितिका सदस्य शेरबहादुर पुन लगायतको आतिथ्यता थियो ।

    अतिथिहरुले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शिक्षा र विद्यार्थी कल्याणका क्षेत्रमा निरन्तर गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँहरुले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
    कार्यक्रममा रोटेरियन शान्ति शर्मा, गंगाधर भण्डारी, शिवशंकर जैसवाल, गोपाल आचार्य, राजेश अग्रहरी, राम अर्याल, रोटेरियन सदस्यहरू, विद्यालयका शिक्षकशिक्षिका तथा अभिभावकहरूको उपस्थिति थियो।

    WhatsApp Image 2025-12-28 at 1.50.02 PM (1).jpeg

    कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक न्यानो लुगा वितरण गरिनुका साथै रोटरी क्लबको “सर्विस एभव सेल्फ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारिएको आयोजकको भनाइ छ ।