२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा कम्बल वितरण

बुधवार , पौष १६, २०८२

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १६ पुस । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार कार्यक्रम गरिएको सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो । कार्यक्रममा ६५ जनालाई कम्बल वितरण गरिएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

    सेवा केन्द्रका अध्यक्ष गुप्ताको अध्यक्षता, समाजसेवी एवं साहित्यकार विजय गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद सापकोटा, रोटरियन दीपक सापकोटा, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काको विशिष्ट आतिथ्यता,  शकुन्तला न्योपाने नन्दा थापा, विजय चन्द ठकुरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-12-30 at 6.53.29 PM.jpeg

    सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शान्ता कंडेलले गर्नुभएको थियो ।

    कार्यक्रमका लागि सहयोग गर्ने वडा नम्बर ३ का अध्यक्ष नारायण उपाध्याय, ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, रोटरी क्लब अफ भैरहवा, दिदीबहिनी महिला समूह, एकता महिला समूह, रेड विंग्स रेष्टुरेण्टप्रति आयोजकले आभार व्यक्त गरेका छन् । 

    कार्यक्रमको मुख्य सहयोगी रोटरी क्लब अफ भैरहवा रहेको आयोजकले जनाएको छ ।