२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

भैरहवामा मनाइयो तमु ल्होसार

बुधवार , पौष १६, २०८२

  • 523
    Shares
  • 523
    Shares
  • भैरहवा, १६ पुस । तमु ह्यूला छोंज धीँ गुरुङ राष्ट्रिय परिषद इकाइ समिति अञ्चलपुरले सिद्धार्थनगर–८ स्थित ल्हासार भवनको सभाहलमा तमु ल्होसार मनाएको छ । तमु सम्वत २६०९ शुभारम्भ अर्थात सप्री ल्हो (सर्प वर्ग) लाई बिदाई  र त ल्हो (घोडा वर्ग) को आगमनलाई स्वागत गरी मनाएएको हो । 

    ‘तमु ल्होसार : तमु जातिको लागि जर्गेना र मौलिक पहिचान, पुस्तान्तरणसहित समुन्नत साँस्कृतिक सभ्यता हाम्रो अभियान’ भन्ने नाराका साथ  पर्व मनाइएको छ । 

    सो अवसरमा शिक्षा क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका सुकमाया गुरुङ्ग ,नेत्र विशेषज्ञ समिता गुरुङ, मनुपा (जेसिका), अभय गुरूङ र बिन्जुलाई सम्मान गरिएको थियो ।

    WhatsApp Image 2025-12-30 at 3.49.06 PM.jpeg

    त्यस्तै समितिका संरक्षक खडक बहादुर गुरूङले जेष्ठ नागरिक पदम बहादुर गुरूङलाई सम्मान गर्नुभएको थियो । 

    कार्यक्रममा प्रमुख अतिथि समाजका जेष्ठ नागरिक पदम बहादुर गुरुङ, विशिष्ट अतिथि तमु ह्यूल छोंज धीँ रूपन्देहीका सदस्य प्रेम बहादुर गुरूङ्ग , तमु नगर समितिका अध्यक्ष देवी गुरूङ, समाजसेवी भरत कुमार पोखरेल, नेपाल मगर संघका केन्द्रिय अनुशासन सदस्य उमेश थापा ‘लाटोमगर’ , मनोज राना,  कुमार के.सी. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष कमानसिंह गुरूङको अध्यक्षता, सुकमाया गुरूङको स्वागत तथा भएको ज्योति तमुस्योको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा तमु जातिको मौलिक नृत्य कौरा, झ्याउरे जस्ता गुरूङ साँस्कृतिक झल्किने नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै तमु ल्होसार र अञ्चलपुर समाजको बारे प्रेमु गुरूङ्गले जानकारी गराउनुभएको थियो । स त्यस्तै सोमबार तमुहरुको जातीय मौलिक साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।