२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

बुलबुले उद्यानमा वृक्षरोपण तथा न्यानो कपडा वितरण

बिहिवार , पौष १७, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • सुर्खेत, १७ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी वल्र्ड पिस फोरमको संयुक्त आयोजनामा सुर्खेतमा सामाजिक तथा वातावरणीय कार्यक्रम सम्पन्न भएको छ । ‘हरित पृथ्वी र न्यानोपन’ अभियान अन्तर्गत बुधबार सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यानमा वृक्षरोपण गर्नुका साथै जाडोबाट प्रभावितहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

    वातावरण संरक्षण र उत्पादनमुखी वन प्रवद्र्धन गर्ने उद्देश्यले बुलबुले उद्यान परिसरमा १ हजार वटा फलफूलका बिरुवाहरू रोपिएको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो । उहाँका अनुसार रोपिएका विरुवामा ४५० वटा अम्बा, ४५० वटा अमला र १०० वटा एभोकाडोका रहेका छन् ।

    जाडोको समयमा राहत पुर्याउने उद्देश्यले लक्षित समुदायलाई न्यानो कपडा वितरण गरिएको गौतमले जानकारी दिनुभयो । कार्यक्रममा ७७ थान ज्याकेट, ४० थान ऊनी स्विटर र ८ थान उनी टोपी वितरण गरिएको आयोजकले जनाएका छन् ।

    WhatsApp Image 2025-12-31 at 5.46.46 PM.jpeg

    कार्यक्रमको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल र लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै अध्यक्ष गौतमले विश्व शान्ति र वातावरणीय सन्तुलनका लागि वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो । सीईओ अर्यालले सामाजिक उत्तरदायित्व पूरा गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत गणेश चौलागाईँ र सन नेपाल लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख गोविन्द ढकालको पनि उपस्थिति थियो ।