२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

नेपाल आदिवासी जनजाति महासंघ सिद्धार्थनगरको अध्यक्षमा प्रेम गुरूङ

शुक्रवार , पौष १८, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, १८ पुस । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगर ,रूपन्देहीको दोस्रो अधिवेशन बिहीबार भैरहवाको अञ्चलपुरस्थित ल्होसार भवनमा सम्पन्न भएको छ ।                                                     

    अधिवेशनले अध्यक्ष प्रेम बहादुर गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा सुकमाया गुरुङ, उपाध्यक्षमा राम बहादुर श्रेष्ठ, सचिवमा रूपेश पुलामी, सह–सचिवमा मनिष तामाङ, कोषाध्यक्षमा अष्टमान राई तथा सदस्यहरूमा मीरा राई, विश्वप्रकाश श्रेष्ठ र दिना पुन मगर निर्वाचित हुनुभएको छ ।

    WhatsApp Image 2026-01-01 at 2.45.35 PM.jpeg

    अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि साहित्यकार विजय गोविन्द श्रेष्ठले महासंघलाई कुनै पार्टीको इकाई मान्न नहुनेमा जोड दिनुभयो । 

    सल्लाहकार सूर्य कुमार सारू मगरले विगतमा आदिवासी जनजाति आन्दोलनको स्मरण गर्दै सम्पूर्ण आदिवासी जनजातिहरूलाई एकजुट हुन आह्वान गर्नुभयो । 

    नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर रानाले राज्यको संघीय संरचना अनुसार आदिवासी जनजातिलाई बजेट छुट्याउने नियम, कानून बनाउने अधिकार स्थानीय सरकारलाई दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

    कार्यक्रममा सल्लाहकार उमेश थापा ‘लाटोमगर’, आदिवासी जनजाति युवा महासंघ नेपाल केन्द्रिय सदस्य सुम्निमा राई, नेवाः खल नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ र नेपाल मगर संघ नगर समितिका अध्यक्ष माया सारू मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत विजय गोविन्द श्रेष्ठले शपथग्रहण ग्रहण गराउनुभएको थियो ।

    महासंघ नगर समन्वय परिषदका नगर अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षता, सुकमाया गुरूङको स्वागत तथा प्रेम बहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।