२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

२९ वर्षिय गुप्ताले रुपन्देही–४ बाट उम्मेदवारी दिने

शुक्रवार , पौष १८, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट २९ वर्षिय विशाल गुप्ताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रुपन्देही–४ बाट स्वतन्त्र उम्मेदवारी दिने उहाँले घोषणा गर्नुभएको हो ।

    रुपन्देही युवा समूहका अध्यक्षसमेत रहनुभएका गुप्ताले अब युवा पोस्टर टाँस्ने, नारा लगाउने मात्र नभइ निर्णय गर्ने ठाउँमा पुग्नुपर्ने बताउनुभयो । ‘यो निर्णय कुनै रहर होइन–यो आक्रोशको परिणाम हो । उहाँले भन्नुभयो–‘यो धोका, अन्याय र दमनविरुद्धको घोषणा हो  । जेनजी आन्दोलनपछि हजारौं युवाले सपना देखे–अब राजनीति बद्लिन्छ, अब नयाँ पुस्ता अगाडि आउँछ । तर के भयो ? फेरि पनि उही दल, उही सत्तालोलुपता, उही पुराना अनुहार । त्यसैले म उठेको हुँ कुनै कुर्सीका लागि होइन, कुनै सुविधा र सम्झौताका लागि होइन । मेरो उम्मेदवारी निर्णायक आन्दोलन हो  ।

    उहाँले आफ्नो लडाइँ एक्लो नभइ यो जनताको युद्ध भएको दावी गर्नुभएको छ । ‘सबै आम नागरिक,  निराश युवाहरू र परिवर्तन चाहने सबै सचेत आत्माबाट साथ, समर्थन र सडकदेखि संसदसम्मको एकता माग्दछु । हाम्रो अडान : भ्रष्टाचारसँग सम्झौता छैन । शहीदको बलिदानमाथि व्यापार हुँदैन । राजनीति अब जनताकै हातमा फर्किनुपर्छ, ’गुप्ताले भन्नुभयो ।