२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

चार संस्थाको संयुक्त बैठक सम्पन्न, श्रेष्ठलाई जानकीदेवी पुरस्कार

बुधवार , बैशाख १५, २०७८

बुटवल, १५ वैशाख । 
विश्व हिन्दु महासंघ रुपन्देही, नवजागृति पुस्तकालय, नवजागृति बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट र सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजू वृद्धाश्रमको नियमित तथा संयुक्त बैठक सम्पन्न भएको छ । 

सो अवसरमा जानकीदेवी ट्रष्टद्धारा स्थापित जानकीदेवी आध्यात्मिक साहित्य पुरस्कार–२०७७ बाट बुटवल ४ का अमृतलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । २०७२ सालदेखि प्रदान गरिदै आएको सो पुरस्कार प्राप्त गर्ने श्रेष्ठ छैंठौं व्यक्ति हुन् ।

पुरस्कार वितरण कार्यक्रममा संयोजक डा. हिरण्यलाल ज्ञवालीले पुरस्कृत व्यक्तित्वको साहत्यिक योगदानमाथि प्रकाश पारेका थिए । कार्यक्रममा विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकारहरु विजय सागर श्रेष्ठ, वनमाली निराकार, डा. बाबुराम ज्ञवाली,  प्रा डा .सुर्य बहादुर जि.सी., डा. डुकुल राज घिमिरे लगायतले धार्मिक साहित्यको महत्वबारे चर्चा गर्दै आध्यात्मिक चिन्तनले मानव जीवनमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए । 

महासंघका सदस्य कृष्ण प्रसाद कोइरालाले स्वागत र उर्मिला श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा अरुणोदय बचत तथा ऋण सहकारी अध्यक्ष रमेशमान प्रधान, लोकनाथ पाण्डे, सदस्य मिना देवी सापकोटा लुम्बिनी सहकारीका व्यवस्थापक विनोद प्रताप राणा, सदस्य उमा भण्डारी, इभा श्रेष्ठ अमात्य, मिना देवी सापकोटाले समसामयिक विषयमा चर्चा गरेका थिए ।