शनिवार , पौष १९, २०८२
बुटवल, १९ पुस । लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर र लायन्सको वार्षिक कार्ययोजना अनुसार घिमिरेले न्यानो कपडा वितरण गर्नुभएको हो ।
सैनामैना नगरपालिका–१० मा पर्ने झिमझिमिया क्षेत्रमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ ।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोग्दै आएका समुदायलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब ३० घरपरिवारलाई न्यानो कपडा प्रदान गरिएको थियो ।
सैनामैना नगरपालिकाको उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यता, वडा नम्बर १० का वडाअध्यक्ष कृष्णप्रसाद घिमिरे तथा क्लबका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, लायन्स क्लबका पदाधिकारीहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत तथा प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समन्वय अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij