images
images

बिहिवार, जेठ ३ गते २०८१

पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण 

पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण 

images
images
images
बुधवार, बैशाख १५ २०७८
बुधवार, बैशाख १५ २०७८
  • पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण 

    बुटवल, १५ वैशाख ।
    कोभिड–१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई लक्षित गर्दै नेपाल औषधी व्यवसायी संघ रुपन्देही शाखाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संघका अध्यक्ष सुरज भट्टराईले महासंघका अध्यक्ष रामराज पोखरेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन । 

    images
    images
    images

    संघका अध्यक्ष सुरज भट्टराईले सचेतना नै कोरोना संक्रमण रोक्ने उपयुक्त उपाय भएको दाबी गर्दै यसतर्फ सरोकारवालाहरु लाग्नुपर्ने बताए । फिल्डमा खटिने क्रियाशिल एक सय जना पत्रकारलाइ पुग्ने गरी ५ हजार थान मास्क र एक सय थान सेनिटाइजर हस्तान्तरण गरिएको उनले बताए । स्वास्थ्य क्षेत्र संवेदनशील पेशा भएकाले यसको विषयमा समाचार बनाउँदा गम्भिर हुनुपर्ने उनले बताए । झट्ट हेर्दा एउटै लागे पनि औषधी र सर्जिकल फरक व्यवसाय भएको उनले बताए । 

    संघका उपाध्यक्ष खड्क बहादुर बस्नेत, सचिव नारायण थापाले ब्यवसायिक हकहितका लागि ब्यवसायी अभिमुखिकरणका साथै सामाजिक उत्तरदायित्व अन्तरगत वर्षभरी नै अनाथ आश्रमलाई सहयोग, रक्तदान, चेतनामूलक कार्यक्रम लगायत कार्यक्रम गरिरहेकोउनले बताए । संघ अन्तरगत १ हजार २ सय पसलहरु दर्ता भएर संचालन भएका छन् ।

    वि.सं. २०३० सालमा स्थापना भएको संघले निरन्तर आफ्ना व्यवसायीको हकहित र सुरक्षासंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij