बिहिवार , बैशाख १६, २०७८
अर्घाखाँची, १६ वैशाख ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि बन्द भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि बिहीबार (आज) देखि लागु हुने गरी २२ गते सम्म अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
अतिआवश्यक अन्तर्गतका शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अत्यावश्यक सेवा मात्र सचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
त्यस्तै कोरोनाको दोस्रो लहर आएपछि जिल्लामा तीन जनको मृत्यु भएको छ । बुधबारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । उनीहरुमध्ये अधिकांश होम आइसोलेशनमा रहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij