images
images

बिहिवार, जेठ ३ गते २०८१

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु

images
images
images
बिहिवार, बैशाख १६ २०७८
बिहिवार, बैशाख १६ २०७८
  • बुटवलस्थित कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु

    बुटवल, १६ वैशाख ।

    images
    images
    images

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आधा घण्टाको अवधीमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    अस्पताल श्रोतका अनुसार बुटवल–११ का ३१ वर्षिय पुरुषको गएराती २ः३० बजे मृत्यु भएको थियो भने सोही राती २ः४५ बजे बुटवल–१४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

    त्यसै गरी ३ बजे मायादेवी–६ रुपन्देहीका ७२ वर्षिय महिलाको पनि उपचारका क्रममा मृत्यु भएको र उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएको डा. थापाले बताए ।

    डा. थापाका अनुसार उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आधा घण्टाको अन्तरालमा मृत्यु भएको हो । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो ।

    अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ११ जना आईसीयु र ५ जना भेन्टिलेटरमा गरी जम्मा १६ जना उपचाररत छन् ।

    उता लुम्बिनी प्रदेशमा सामान्य लक्षण देखिएका जम्मा कोरोना संक्रमितको संख्या ५ सय ५९ जना रहेको तीमध्ये आइसीयु १ सय ६५ जना र भेन्टिलेटरमा २५ जना उपचाररत रहेको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij