२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

मगर संघ रुपन्देहीद्वारा माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

शनिवार , पौष २६, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • बुटवल, २६ पुस । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे संक्रान्तिको अवसरमा शुक्रबार बुटवलमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘मगर इतिहास, भाषा संस्कृति संरक्षण–सम्वद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मगर संस्कृति झल्किने साँस्कृतिक प्रस्तुतीहरुका साथै खानाका परिकारहरु प्रस्तुत गरिएको थियो । 

    कार्यक्रमको बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगरभाषा र संस्कृतिको संरक्षणका लागि उपमहानगरले जोड दिएको उल्लेख गर्नुभयो । उहाँले मगर लगायत आदिवासीहरुको भाषा, संस्कृति संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था तथा नीति कार्यक्रम लागू गरिएको बताउनुभयो ।

    नगरप्रमुख पाण्डेयले मगर लगायत विभिन्न जातिको भाषामा नागरिक वडापत्र सार्वजनिक गर्नुका साथै परम्परागत चाडपर्वहरुलाई संरक्षण गर्नका लागि तालिम तथा व्यवसायिक सीपको विकासमा समेत जोड दिएको बताउनुभयो । उहाँले मगर समुदायले जातीय पहिचानलाई संरक्षण गर्दै नेतृत्व तहमा पुगेर सबै सबै समुदायको सम्मान र सहअस्वित्वलाई समेत कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

    27b6562c-fd70-4389-a30c-6e57026814a9.jpg

    कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष दलबहादुर बिरकट्टा मगरले राज्यको नीति निर्माण तहमा मगर समुदायको सहभागीता बढाउनका लागि एकजुट हुन आह्वान गर्नुभयो । उहाँले माघे संक्रान्ति मगर समुदायको महत्वपूर्ण चाड भएको उल्लेख गर्दै उहाँले यस्ता विभिन्न चाडपर्व र परम्पराहरुबारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र राना, समाजसेवी झमबहादुर गुरुङ, हुम सुनारी, मगर संघ बुटवल नगर समिति अध्यक्ष  बसन्ती साठीघरे, कलाकार टेरिया फौजा मगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अध्यक्ष थर्कबहादुर बाह्रघरे मगरको अध्यक्षता तथा सचिव राधिका श्रीसको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट सहभागीहरुले मगर संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतीहरु दिएका थिए ।