images
images

बिहिवार, जेठ ३ गते २०८१

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

images
images
images
बिहिवार, बैशाख १६ २०७८
बिहिवार, बैशाख १६ २०७८
  • सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

    भैरहवा, १६ वैशाख । 
    रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा आएको हो । 

    images
    images
    images

    बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । उनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि लागु गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

    नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय वैठक राखेर अघि बढ्ने बताए ।

    नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, ३ वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए । उनले यो सुविधा उपलब्ध भएमा नगर सँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको बताए । रुपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बच्नका लागि सबै सचेत हुनुपर्ने उनीहरुको भनाइ छ ।

    विगतमा जस्तै यस वर्ष पनि कोरोनाको प्रकोप बढेसंगै नगरपालिकामा कोरोना अस्पताल स्थापना गरेर प्राकृतिक तरिकाले उपचार गर्ने व्यवस्था मिलाइएको नगर उपप्रमुख विना रानाले बताइन् । 

    अस्पतालमा हाल ३ वटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

    अहिले अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार नगरमा बुधबार साँझसम्म संक्रिय संक्रमितको संख्या ६१ रहेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij