२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण

आइतवार , पौष २७, २०८२

  • 616
    Shares
  • 616
    Shares
  • भैरहवा, २७ पुस । लायन्स क्लब अफ सिद्धार्थनगरले रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ । 

    लायन्सका संस्थापक मेल्भिन जोन्सको १४७ औं जन्मोत्सवको अवसर पारेर ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष उमेश थापा लाटोमगरले बताउनुभयो । ‘धेरै त दिन सकेका छैनौं तर, केही भए पनि बाल गृहलाई सहयोग पुगोस् भनेर केही सामग्री उपलब्ध गराएका छौं । आगामी दिनमा पनि यहाँ सहयोग गर्न चाहन्छौं, ’उहाँले भन्नुभयो ।

    बाल गृहमा के कुराको आवश्यकता छ भन्ने कुरा बुझेर खाद्यान्न सामग्री वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५/०२६ का अध्यक्ष धर्मराज आचार्यले बताउनुभयो । क्लबले आगामी दिनमा पनि सिद्धार्थ बाल गृहमा सक्दो सहयोग गर्ने आचार्यले बताउनुभयो । ‘लायन्स समाजको अंग भइसकेको छ, जहाँ आवश्यकता छ, त्यहाँ लायन्स पुगेको छ, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले मान्छेलाई सधै ठूलो कुराले मात्र खुसी दिन नसक्ने बताउनुभयो । उहाँले कतै सहयोग गरेर कसैको अनुहारमा खुसी ल्याउन सकिए पनि खुसी हुन सकिने बताउनुभयो । उहाँले सिद्धार्थ बाल गृहका लागि जग्गा व्यवस्थापन हुन सके भवन निर्माणका लागि अन्तर्राष्ट्रिय लायन्सबाट रकमको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    लायन्सका डिष्ट्रिक को–चिफ एडभाईजर महेशचन्द थापाले ‘समाजमा केही गरौं’ भन्ने सोचका साथ लायन्स क्लबका सदस्यहरुको स्वेच्छिक योगदानबाट यस्तो कार्यक्रम आयोजना हुनु सराहनीय रहेको बताउनुभयो ।

    आश्रमलाई चिउरा, तेल, चामल, दाल र डाईपर प्रदान गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका सचिव रघु खनालले जानकारी दिनुभयो । 

    khghh.jpg

    सिद्धार्थ बाल गृहको सञ्चालक कृष्णमाया गुरुङका अनुसार आश्रम सञ्चालनका लागि मासिक ६१ हजार घर भाडावापत खर्च हुने गरेको छ । आश्रममा हाल १८ जना बालबालिका रहेको गुरुङले जानकारी दिनुभयो ।