आइतवार , पौष २७, २०८२
काठमाडौं,२७ पुस । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
अन्य ४० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार यो दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव १४२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij