२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

अमेरिकाद्वारा सिरियामा हवाई आक्रमण

आइतवार , पौष २७, २०८२

  • 382
    Shares
  • 382
    Shares
  • अमेरिकी केन्द्रिय कमाण्डले शनिवार जानकारी दिएअनुसार अमेरिकी सेनाले सिरियाभर रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक आक्रमण गरेको छ ।

    कमाण्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार स्थानीय समय अनुसार दिउँसो करिव १२ः३० बजे अमेरिकी र साझेदार सेनाहरूले यी स्ट्राइकहरू सम्पन्न गरेका हुन् । यो कारबाही अपरेशन हकआई स्ट्राइकको एक हिस्सा हो ।

    जुन डिसेम्बर १९, २०२५ मा घोषणा गरिएको थियो । यो सैन्य कदम डिसेम्बर १३ मा सिरियाको पाल्मिरामा अमेरिकी र सिरियाली सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा चालिएको हो । उक्त एम्बुसमा दुई अमेरिकी सैनिक र एक नागरिक दोभासेको ज्यान गएको थियो ।