images
images

बिहिवार, जेठ ३ गते २०८१

निषेधाज्ञाको समयमा कालोबजारी गर्नेहरुको निगरानीमा मञ्च

निषेधाज्ञाको समयमा कालोबजारी गर्नेहरुको निगरानीमा मञ्च

images
images
images
बिहिवार, बैशाख १६ २०७८
बिहिवार, बैशाख १६ २०७८
  • निषेधाज्ञाको समयमा कालोबजारी गर्नेहरुको निगरानीमा मञ्च

    बुटवल, १६ वैशाख ।
    निषेधाज्ञाको समयमा कालोबजारी गर्ने, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र बढी मुल्य लिन खोजिए सो को निगरानीका लागि उपभोक्ता हित संरक्षण मञ्च तयारी अवस्थामा रहेको जनाएको छ । उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुन्द्र जिसीले एक विज्ञप्ति जारी गर्दै नेपालमा तीव्र गतिमा फैलिएको कोरोनाको दोस्रो लहरको समयमा कृत्रिम अभाव तथा कालोबजारीको संकेतहरु देखिन लागेको भन्दै सबै सरोकारवाला सजग रहन आव्हान गरेका छन् ।

    images
    images
    images

    नेपालमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु तीन महिनासम्मको लागि स्टक रहेको र वस्तु आयात नरोकिएको हुँदा वर्तमान अवस्थामा बजारमा अभाव नहुने भन्दै उत्पादक, संचयकर्ता, ढुवानीकर्ता र वितरकहरुसंग अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै बजारमा सन्तुलन कायम गर्न आग्रह समेत गरिएको छ । 

    अध्यक्ष जिसीले नेपालमा दोस्रो लहरको गम्भिर प्रभाव देखिदैछ भन्दै अहिलेसम्म अस्पतालमा रहेको अक्सिजन सिलिण्डर, आइसियू कक्ष, भेन्टिलेटर सुविधा र जनशक्ति बढाउनु माग गरेका छन् । सरकारले रोगविरुद्ध प्रतिरोध गर्न अत्यावश्यक उपकरण तथा जनशक्तिमाथि ध्यान पुर्याउन पनि उनले माग गरेका छन् ।

    लुम्बिनी प्रदेशका ठूला शहरहरु, सदरमुकाम र राजमार्ग किनाराका बजारहरु कोरोना हटस्पट बन्दै गएकोमा दुःख व्यक्त गर्दै शहरदेखि गाउँसम्म फैलन नदिन सरकारले आह्वान गरेको निषेधाज्ञा पालना गर्न सम्पूर्ण नागरिकहरुले कडाइका साथ पालन गर्न उनले अपिल गरेका छन् । उनले हरेक नागरिकले मास्क लगाउन, सावुन पानीले हात धुन र सेनिटाइजरको उचित प्रयोगमा ध्यान पुर्याउन समेत भनिएको छ ।

    सीमा क्षेत्रमा आवतजावतको समयमा स्वास्थ्य परीक्षणमा ध्यान पुर्याउनुपर्ने र विदेशबाट स्वदेशमा आउने दिदीबहिनी दाजु भाइलाई सुरक्षित रुपमा क्वारेन्टाइनसम्म पुर्याउनुपर्ने भन्दै आवश्यक परेमा आफूहरु सबै काममा नागरिक तथा सरकारलाई सहयोग पुर्याउन तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij